दफा २६
मालसामान सही रुपमा हस्तान्तरण गरेको मानिने
: (१) बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी वा निजको अधिकार प्राप्त प्रतिनिधिबाट प्रापकले मालसामान बुझिलिएपछि प्रत्यक्ष रुपमा देखिने हानि नोक्सानीको सम्बन्धमा मालसामान बुझिलिएको मितिले दुई दिनभित्र बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी वा निजको प्रतिनिधिलाई लिखित सूचना नदिएमा बहुविधिक ढुवानीपत्र बमोजिमका मालसामान सही रुपमा हस्तान्तरण गरेको मानिनेछ ।
(२) बहुविधिक ढुवानी सञ्चालनकर्ता, निजको कर्मचारी वा प्रतिनिधिबाट प्रापकले बुझिलिएका मालसामान तत्काल जाँचबुझ गर्न नसकिने मनासिब माफिकको आधार भएमा त्यस्ता मालसामानको हकमा त्यस्ता मालसामान बुझिलिएको मितिले तीनदिनभित्र बहुविधिक ढुवानी
सञ्चालनकर्ता, निजको कर्मचारी वा निजको प्रतिनिधिलाई उपदफा (१) बमोजिम सूचना नगरेमा बहुविधिक ढुवानीपत्र बमोजिमका मालसामान सही रुपमा हस्तान्तरण भएको मानिनेछ ।